स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

जापानी संस्थाद्वारा कृषि सहकारीलाई उपहार नयाँ स्काभेटर प्रदान

सेयर गर्नुहोस

रामपुर, ३० कात्तिक : जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ ।

स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र हाशिमोटो केन्की कम्पनीले १९ किलोवाट क्षमताको ब्रेकरसहितको कोबेल्को कम्पनीकोे स्काभेटर प्रदान गरेको हो ।

सहकारीका सदस्य दमनसिं पाटा र व्यवस्थापक हेमबहादुर खाम्चालाई बिहीबार मित्यालमा आयोजित कार्यक्रम टोहोकु कुरोसावा केन्सेत्सु कम्पनीका सिओ साटो र हाशिमोटो केन्की कम्पनीका सिओ हासिमोटोले स्काभेटरको साँचो हस्तान्तरण गर्नुभयो ।

उहाँहरूले पाल्पा जिल्लामा २० वर्षभन्दा बढी सेवा गरिसक्नुभएका जापानी नागरिक काजुमासा काकिमीको सहयोगमा आफ्नो आठ वर्षदेखिको उपहार दिने सोच बल्ल पूरा भएको बताउनुभयो ।
कोबेल्को कम्पनीको विभिन्न उत्पादन नेपालमा प्रयोगमा हुँदै आएपनि यो उपकरण पहिलो पटक आएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -