स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

तेह्रथुम अस्पताललाई ५० शय्या बनाइने

सेयर गर्नुहोस

तेह्रथुम, १७ कात्तिक : तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।
नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख विनियोजन गरिएको बताउनुभयो ।

सङ्घीय संरचना अनुरुप प्रदेश नं १ सरकार मातहतमा तेह्रथुम र सङ्खुवासभा जिल्लालाई कार्य क्षेत्र बनाइ उक्त कार्यालय स्थापना भएको र यसले दुबै जिल्लाका स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने भएको छ ।

कार्यालयले महामारी रोग निन्यत्रण तथा विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्दै आएका केही महत्वपूर्ण कार्यसमेत गर्ने प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य निर्देशक सागर दाहालले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -