स्वागतम्,
Sunday 5th May 2024   |   Switch to English
Times of Nepal

चाडपर्वले एकतामा बाँध्छ : मुख्यमन्त्री राई

सेयर गर्नुहोस

विराटननगर, २४ असोज :: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली, छठ–२०७५ को उपलक्ष्यमा शुभकामना आदान कार्यक्रममा उहाँले नेपालीका विभिन्न चाडपर्वले विभिन्न समुदायबीच आपसी भाइचारा र एकतामा बाँध्ने गरेको बताउँदै देशको विकासमा समेत सबै एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एकताको सूत्रमा बाँध्ने हाम्रा चाडपर्वले देशमा सुख, शान्ति कायम गर्न सफल रहून् भनी शुभकामना दिनुभयो । कार्यक्रममा प्रदेश १ का उपसभामुख, प्रदेशमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -