स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

सैद्धान्तिक छलफल जारी

सेयर गर्नुहोस

विराटनगर, २२ असोज : प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (२) बमोजिम प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि आज पनि छलफल भयो ।

छलफलमा प्रदेशसभा सदस्य केदार कार्की, ओमप्रकाश सरावगी, एकराज कार्की, कुसुम श्रेष्ठ, कुलप्रसाद साम्बाङ र सूर्यमाराज राईले बोल्नुभएको थियो । उहाँहरुले विधेयकलाई सङ्घले निर्माण गर्ने कानूनसँग बाझिने गरी बन्न नहुने भन्दै विधेयकमा संशोधन गर्नु आवश्यक छ भन्नुभयो ।

यसअघि शून्य समयमा उमिता विकले विगतका घटनामा बेपत्ता भएका नागरिकका बारे सत्यतथ्य सार्वजनिक गर्न प्रदेश सरकारसंग माग गर्नुभयो । सदस्य लोकप्रसाद सङ्ग्रौलाले मुलुकमा बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर हुनुपर्छ भन्नुभयो । उहाँले धरानमा नवनिर्मित खानेपानीको योजनामा व्यापक भ्रष्टाचार भएको देखिएकाले सत्यतथ्य बाहिर ल्याउन प्रदेश सरकारसँग माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक असोज २३ गते बिहान ११ बजेछ ।

पत्रकार सम्मेलन

प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरलाई नै अनुमोदन गर्न विराटनगर महानगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी माग गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राजधानीका निम्ति सबै किसिमको पूर्वाधार हुँदाहँुदै पनि राजधानी तोक्न प्रदेश सरकारलाई भइरहेको अप्ठ्यारोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र पूर्वाधारको दृष्टिले पनि विराटनगर राजधानी बन्न उपयुक्त भएकाले यसैलाई राजधानी बनाउन प्रदेश सरकारसँग माग गर्नुभयो ।

राजधानी बनाउन महानगरपालिकासहित ६३ वटा सङ्घसंस्थाले आवाज उठाइरहेकाले राजधानी सर्ने बाहिरिया कुराले चिन्ता बनाएकाले यसतर्फ सबैजना गम्भीर बन्नुपर्छ प्रमुख प्रमुख बताउनुभयो । उहाँले प्रदेशको राजधानीका निम्ति आफ्नो कार्यालय भवन पनि प्रदेश सरकारलाई दिन तयार रहेको धारणा पनि राख्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -