स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव

Exclusive news
सेयर गर्नुहोस

बुटवल, २० असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रको सहभागिता नभई आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।

रुपन्देही उद्योग सङ्घको ४०औँ साधारणसभामा आज उहाँले निजी क्षेत्र पनि कानूनसम्मत ढङ्गले अघि बढेको अवस्थामा सरकारले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री यादवले उद्योगी तथा व्यवसायीलाई नाफाको विषय मात्रै केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै देशको समृद्धिलाई ध्यान दिएर पनि प्रतिफल पाउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले प्रभावकारी काम गरिरहेको छ र जनताको विश्वास टुुट्न दिदैनौँ ।” जनताले वर्तमान सरकारलाई पाँच वर्ष काम गर्न आदेश दिएको उल्लेख गर्दै मन्त्री यादवले आत्मनिर्भर अर्थतन्त्रका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं ५ का आन्तरिक कानून मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ मा उद्योग सञ्चालनको वातावरण बनेको बताउनुभयो । नेपाल उद्योग परिसरका अध्यक्ष हरिभक्त शर्माले कुनै पनि उद्योगलाई सरकारले अपहेलित गर्न नहुने भन्दै प्रदेश नं ५ मा उद्योगका सम्भावनासँगै चुनौती पनि रहेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन तथा वनमन्त्री लीला गिरी, रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलम, सङ्घका अध्यक्ष गणेश अधिकारी लगायतले उद्योगीका लागि लगानीको वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -