स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

उपराष्ट्रपति छेन्दुमा

सेयर गर्नुहोस

काठमाडाँै, ३ असोज : छदिने औपचारिक चीन भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन आज अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुग्नुभएको छ ।

उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गर्नुभएको थियो ।

उपराष्ट्रपति पुनसँग आज साँझ चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्नुहुने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यसलगत्तै उपराष्ट्रपति पुन चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारकातर्फबाट आयोजित रात्रि भोजमा सहभागी हुनुहुनेछ ।

उहाँले बिहीबार छेन्दुमा ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड’सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -