स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

संविधान अग्रगामी र उत्कृष्ट छ : मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस
धनगढी, ३ असोज : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले सकारात्मक सोच राखेर आ आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्दछ ।”

मुख्यमन्त्री भट्टले मुलुक नयाँ अभ्यासमा जाँदा केही समस्या र जटिलता देखिनु अस्वभाविक नभएको उल्लेख गर्दै “जनताका सबै अधिकारको प्रत्याभूति गरेको नेपालको संविधान अग्रगामी र उत्कृष्ट छ भन्नुभयो ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले परिवर्तनका लागि भएका आन्दोलनमा शहीद भएकाको सपना पूरा गर्ने सोचलाई आत्मसात् गर्न यो दिवसले सबैमा प्रेरणा दिने बताउनुभयो ।

समारोहमा प्रदेश प्रमुख मोहनराज मल्ललाई नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा विभिन्न झाँकी र खेल प्रस्तुत गरिएको थियो ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीबाट बाजा र झाँकीसहित निस्केको ¥याली बजारको विभिन्न भागको परिक्रमा गरी कबर्डहलमा पुगेर समारोहमा परिणत भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -