स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चमा पुनः रिट दायर

सेयर गर्नुहोस

काठमाडौँ, ३१ भदौ: नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ । विश्वकर्माका तर्फबाट उहाँका भाइ वीरेन्द्र विश्वकर्माले आज बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत थुनामुक्त गरी पाउँ भनेर निवेदन दर्ता गराएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।

निवेदनमा एउटै विषयमा पूर्ण अनुसन्धान नै नगरी पटकपटक फरकफरक विषय उठाई थुनामा राखिएकाले बन्दीप्रत्यक्षीरकरणको आदेशमार्फत रिहा गर्न भनिएको छ । योसँगै उहाँका भाइ वीरेन्द्रले पाँचौँपटक विश्वकर्माको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको हो ।

यसअघि सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको निवदेनमा विश्वकर्मालाई भदौ १, ७, १८ र २९ गते सर्वोच्चले छाड्न आदेश दिएको थियो । यसअघिको विश्वकर्माको निवेदनमाथि आदेश दिँदै सर्वोच्चले सरकारलाई सर्वोच्चको आदेशलाई मर्यादित र पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -