स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती

सेयर गर्नुहोस

काठमाडौँ, ३१ भदौ : भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ ।
एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो ।

नेपालका लागि पवन सर्राफले ७८ रन जोडे । जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले तीन विकेट लिए भने अबिद मोहमदी र अरिफ खान दवलतजाईले २÷२ विकेट लिए । अफगानिस्तानले अहिले ब्याटिङ गरिरहेको छ । उसले नौ ओभरमा एक विकेट गुमाउँदै ४० रन बनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -