स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

पदम लामा र कल्पना गुरुङको रोमान्स युक्त नया भिडियो अब रिलिजको संघारमा

सेयर गर्नुहोस

दटाइम्सअफनेपाल डटकम :
कम समयमा आफ्नो अभिनयको क्षेमता देखाउदै धेरै दर्शकहरुको मन जित्न सफल भएका मोडल तथा कलाकार पदम लामाको मुख्य अभिनय रहेको नया म्युजिक भिडियो अब रिलिजको तयारीमा रहेको छ | उनले दिएको जानकारीलाई आधार मान्ने हो भने अबको केहि दिनमा नै उक्त भिडियो रिलिज हुनेछ | यस भिडियोमा उनको जोडीको रुपमा कल्पना गुरुङ देखिदैछिन् | यी २ पहिलोपटक संगै काम गर्दैछन् | दर्शकहरुले यी २ को जोडी कति रुचाउने हो यो कुरालाई लिएर पनि निर्माण पक्षमा धेरै उत्सुकता रहेको छ | तर यी दुबैले आफुहरुले सक्दो राम्रो गर्ने प्रयास गरेको बताएका छन् |

उनि अभिनित रिलिज हुन लागेको म्युजिक भिडियोको गीतमा योग्ज्योती क्न्याशीको शब्द, निम संगीतको संगीत र गगन सरगम र अन्जना गुरुङको सुमधुर स्वर समावेश रहेको छ | यस्तै सुन्दर लावतीको छायांकन र निर्देशनमा यो म्युजिक भिडियो तयार भएको हो | यस भिडियोको सम्पूर्ण छायांकन मलेसियामा नै गरिएको छ | पदम लामा लामो समय देखि मलेसियामा नै कार्यरत छन् | तर उनले कलाकारिताको यात्रालाई पनि संग संगै लिएर अगाडी बढिरहेका छन् | उनले अहिले सम्म सेन्टिमेन्टल आधुनिक, डान्स र रोमान्टिक सबै जनराको भिडियोमा काम गरिसकेका छन् |

दर्शकहरुले उनलाई सम्भावना बोकेको मोडलको रुपमा हेरेका पनि छन् | तर उनले आफु भित्रको प्रतिभालाई निखार्दै जानु पर्ने धेरै दर्शकको सुझाब आईरहेको छ | तर पदम लामाले भने अब रिलिज हुन लागेको भिडियोमा पक्कै पनि दर्शकहरुले आफ्नो प्रस्तुतिमा केहि फरक पाउनुहुने विश्वास ब्यक्त गरेका छन् | यस भिडियोमा आफुलाई अलिक फरक लुक्स र अभिनयमा देख्न पाउनुहुने समेत उनले बताएका छन् |

सेयर गर्नुहोस

योगदानकर्ता

+Ashish Rana

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -