स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं ७ : प्रदेशसभा बैठक स्थगित

सेयर गर्नुहोस

धनगढी, ४ साउन : प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक प्रतिपक्षी नेपाली काँग्रेसका सदस्यको विरोधपछि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी सदस्यले उठेर विरोध जनाएपछि सभामुखले पटक पटक बस्न गरे पनि नमानेपछि यही साउन ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्ने गरी आजको बैठक स्थगन भयो । बैठकमा गाउँसभा तथा नगरसभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भएपछि तयार पारिएको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।

कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै संविधानको मूल मर्म, भावना र विधिको शासनका आधारमा सरकारलाई हिंँडाउन विरोध गर्नुपरेको प्रतिक्रिया दिनुभयो ।
यसैबीच प्रदेश नं ७ प्रदेशसभा कांग्रेस संसदीय दलले आज प्रेस विज्ञप्ति प्रकाशन गरी सरकारद्वारा प्रा डा गोविन्द केसी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला र ट्रमा सेन्टरका डा भोजराज अधिकारीप्रति गरिएको व्यवहार तथा केही स्थान निषेधित क्षेत्र घोषणा गरेका जस्ता कामको विरोध गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -