स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन परराष्ट्रमन्त्रीको आग्रह

सेयर गर्नुहोस

काठमाडौँ, २१ असार : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गर्नुभएको छ ।

मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग आज भएको टेलिफोन वार्तामा उहाँले उक्त आग्रह गर्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ । सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ ।

मन्त्री ज्ञवालीले मलेसियाका विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह स्वीकार गर्दै मलेसियाली विदेशमन्त्रीले कूटनीतिक माध्यमबाट भ्रमणको बारेमा जानकारी दिने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली कामदार माथि लाग्दै आएको बढी शुल्कको विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिलाउनु भएको पनि मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -