स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

संस्कृतिविद् गुरुङलाई सम्मान

सेयर गर्नुहोस

काठमाडौँ, १४ असार : नेपाली भाषा, संस्कृति र सनातन धर्मका माध्यमबाट नेपाली समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएवापत संस्कृतिविद् डा जगमान गुरुङलाई आज यहाँ सम्मान गरिएको छ ।

शार्दुलसम्शेर जबराको ९१ आँै जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा नगद रु एक लाख एक हजार एकसहित उहाँलाई सम्मान गरिएको हो ।

शार्दुलशम्शेर जबरा स्मृति कोषका अध्यक्ष प्रभा राज्यलक्ष्मी राणा र कोषका सचिव दीप्तप्रकाश शाहले संयुक्त रुपमा उहाँलाई सम्मान गर्नुभएको छ ।

सो अवसरमा डा गुरुङले सम्मानबाट आफूलाई संस्कृतिको क्षेत्रमा थप काम गर्न हौसला प्राप्त भएको उल्लेख गर्दै नेपालको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कोषका सचिव शाहले नेपालको भाषा, संस्कृति जोगाउनका लागि डा गुरुङले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपालको भाषा, संस्कृति, कला, शिक्षा, राष्ट्रियतालाई प्रवद्र्धन गर्नका लागि कोष स्थापना भएको जानकारी दिनुभयो ।

वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले डा गुरुङ जातजाति नहेरेर नेपालको सबै भाषा र संस्कृति संरक्षण गर्न लागिपरेको बताउनुभयो ।

कानून संकायमा स्नातक तहको भर्नामा कोटा प्रणाली लागू नहुने

त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत स्नातकतह प्रथम वर्षको भर्नामा कोटा प्रणाली लागू नहुने भएको छ ।

त्रिविको कानून संकायले यसैवर्षदेखि स्नातक प्रथम वर्षका लागि कोटा प्रणाली शुरु गर्ने भनेर प्रवेश परीक्षा लिए पनि कोटा प्रणाली लागू नगर्ने भएको नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा दीनानाथ पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार कानून संकाय डीन प्रा डा ताराप्रसाद सापकोटा र प्रमुख विद्यार्थी संगठनबीच भएको छलफलमा स्नातक प्रथम वर्षमा भर्ना हुनका लागि कोटा प्रणाली खारेज गर्ने सहमति भएको हो । उहाँले अध्ययन गर्नका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीले पढ्न पाउने बताउनुभयो ।

“हामीले प्रवेश परीक्षाको नतिजा चाँडै नै प्रकाशित गर्छांै”, उहाँले भन्नुभयो, “अनि अनुत्तीर्ण भएकालाई प्रक्रिया पु¥याएर भर्ना गराउँछौँ ।”

उहाँले प्रवेश परीक्षामा सहभागी नभएकालाई पुनः सूचना प्रकाशित गरिने जानकारी पनि दिनुभयो ।

असार २१ गतेबाट भर्ना प्रक्रिया शुरु गर्ने र साउनदेखि कक्षा सञ्चालन गर्ने सहमति पनि भएको छ ।

कानून संकाय डिनको कार्यालयले भौतिक संरचना र प्राध्यापकको संख्या हेरि यसवर्षदेखि कानून संकायको स्नातक प्रथम वर्षमा कोटा प्रणाली शुरु गरेको थियो । काठमाडौँस्थित ल क्याम्पसमा ८०० जना र उपत्यका बाहिरका अन्य क्याम्पसमा १५० जनाको कोटा तोकेको थियो ।

यसअघि कोटा प्रणाली लागू गर्दा नेपाल ल क्याम्पसमा आठजनाका लागि करीब चार हजार ७०० जनाले गत जेठ १९ गते प्रवेश परीक्षा दिएका थिए ।

नेपाल ल क्याम्पसमा अनेरास्ववियु एकाइ कमिटीका अध्यक्ष हरिप्रसाद पंगेनीले कोटा प्रणालीअनुसार धेरै विद्यार्थी पढ्नबाट वञ्चित भएकाले खारेज गरिएको बताउनुभयो ।

विद्यार्थी संगठनले कोटा प्रणाली लागू गरेसँगै खारेजीको माग गर्दै आएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -