स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सातै प्रदेशमा मेगा आयोजना : ऊर्जामन्त्री

सेयर गर्नुहोस

काठमाडौँ, १३ असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उहाँले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दाे सिँचाइ व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – अबदेखि कसैले झोलामा खोला राख्ने अवस्था छैन ।

आगामी तीन वर्षदेखि विद्युत् आपूर्तिमा मुलुक पूर्ण आत्मनिर्भर हुने गरी काम भइरहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री पुनको जवाफमा सांसद्हरु प्रेम सुवाल, देवप्रसाद तिमल्सिना, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, सत्यनारायण खनाल, विमलप्रसाद श्रीवास्तव र मीना पाण्डेले थप स्पष्टीकरण माग गर्नुभएको थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -