स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

पर्यटनलाई मुलुकको समृद्धिसँग जोड्न जरुरी छः पर्यटनमन्त्री

सेयर गर्नुहोस

काठमाडौँ, २४ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटनलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मक अभिवृद्धिको खाँचो रहेको बताउनुभएको छ ।

पर्यटन मन्त्रालयले आज चन्द्रागिरि हिल्समा आयोजना गरेको पर्यटन क्षेत्र प्रबुद्ध विज्ञ समूहको कार्यशाला तथा प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले पर्यटनमा उद्यमशीलताको विकास गरी मुलुकको समृद्धिसँग जोड्न जरुरी भएको बताउनुभयो ।

 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी बिहीबार चन्द्रागिरि हिल्समा घोडा चढेर मनोरञ्जन लिनुहुँदै । उहाँले घोडा सवारलाई पनि पर्यटन प्रवद्र्धन साधनको रुपमा लिनुपर्ने बताउनुभयो । तस्बिरः नवीन पौडेल, रासस

 

पर्यटन क्षेत्रमा अहिलेसम्म जति प्रगति भएको छ, त्यो निजी क्षेत्रमन्त्री अधिकारीले भन्नुभयो, “पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी छ, यसमा सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्छ कै देन हो, उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न जरुरी छ ।”

 

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विकासका योजना र आगामी रणनीति तथा सरकारले घोषणा गरेको सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने अभियानलाई कसरी सार्थक तुल्याउनेभन्नेबारे प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा पर्यटन क्षेत्र प्रबुद्ध समूहकातर्फबाट पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले विज्ञ समूहको मस्यौदा अवधारणापत्र र मस्यौदा सञ्चालन कार्यविधि प्रस्तुत गर्नुभयो ।

उहाँले पदयात्रा तथा साहसिक पर्यटन प्रवद्र्धन विज्ञ समूह, प्रादेशिक, सांस्कृति तथा घरबास पर्यटन प्रबुद्ध समूह, पर्यटन पूर्वाधार तथा जनशक्ति विकास प्रबुद्ध विज्ञ समूह र पर्यटन नीति तथा कानून परिमार्जन प्रबुद्ध विज्ञ समूहको घोषणासमेत गर्नुभयो ।

विज्ञ समूहले आआफ्नो क्षेत्रमा गर्नुपर्ने सुधार, संरचनागत तथा कानूनी सबै प्रक्रियाबारे विस्तृत प्रतिवेदन सरकारलाई बुझाउनेछ ।

विज्ञकातर्फबाट पर्यटन व्यवसायी मदन आचार्य, सिएन पाण्डे, योगेन्द्र शाक्य, सिर्जना राणालगायतले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त भएकाले सरकारसँगको साझेदारीमा अघि बढ्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानीमैत्री वातावरण बनाएको खण्डमा निजी क्षेत्रले पर्यटकीय पूर्वाधार विकासमा ठूलो लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकालले पर्यटकको संख्या बढाउनेभन्दा पनि उनीहरुको बसाइँ लम्ब्याउने र खर्च गराउने वातावरण सिर्जना गर्न सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी, ख्यातिप्राप्त पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता थियो ।  (रासस)

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी बिहीबार चन्द्रागिरि हिल्समा घोडा चढेर मनोरञ्जन लिनुहुँदै । उहाँले घोडा सवारलाई पनि पर्यटन प्रवद्र्धन साधनको रुपमा लिनुपर्ने बताउनुभयो । तस्बिरः नवीन पौडेल, रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -