स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

नुवाकोट गोल्डकपः कास्की सेमिफाइनलमा

सेयर गर्नुहोस

नुवाकोट, २० जेठ: ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउँदै कास्की सेमिफाइनलमा प्रवेश गरको छ ।

बट्टारस्थित खेलमा मैदानमा आज भएको प्रतिस्पर्धामा खेल शुरु भएको तीन मिनेटमा नै कास्की–११ को तर्फबाट मानबहादुर तामाङले गर्नुभएको गोल निर्णायक भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा नै पराजय व्यहोरेको एपिएफ क्लब प्रतिस्पर्धाबाट बाहिरिएको छ । लिग चरणको पहिलो खेलमा काठमाडौँ–११ लाई हराएको कास्की दोस्रो खेलमा पनि विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको आयोजक नुवाकोट जिल्ला फुटबल संघका महासचिव विष्णु चालिसेले जानकारी दिनुभयो ।  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -