स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड शुरु

सेयर गर्नुहोस

सुर्खेत, १९ जेठ : माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि यहाँ शुरु भएको छ ।
सो कार्यक्रमको कर्णाली सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभाका सांसद धुव्रकुमार शाहीले उद्घाटन गर्दै खेल जगतमा कर्णाली प्रदेश अब्बल रहेको बताउनुभयो । गिनिज बुक अफ द वल्र्ड रेकर्ड हरिबहादुर रोकाया जन्माउने कर्णाली प्रदेशले मुलुकको गरिमालाईमाथि राख्न सहयोग पु¥याएको उहाँको तर्क थियो ।
आजबाट जेठ २१ गतेसम्म सञ्चालन हुने रनिङ सिल्ड प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, उस्सु लगायतका खेल समावेश गरिएको कर्णाली प्रदेश खेलकूद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । संयोजक सिंहका अनुसार सहभागी खेलाडीले स्वर्ण, रजत र काँस्यगरी ३०४ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुम, सल्यान र सुर्खेतसहित प्रत्येक जिल्लाबाट ८४ जनाका दरले ८४० खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु.२० हजार, रु.१५ हजार रु.१० हजार पुरस्कार दिइने जनाईएको छ । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -