स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

खेलाडीको मनोबल उच्च राख्ने योजना ल्याइने : मन्त्री विश्वकर्मा

सेयर गर्नुहोस

पोखरा, १८ जेठ:युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकारले खेलकूदको विकासका लागि आवश्यक भौतिक संरचना निर्माणका साथै खेलाडीको मनोबल उच्च राख्ने खालका योजना ल्याउने तयारीमा जुटेको बताउनु भएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्ड कार्यक्रममा बोग्दै उहाँले मुलुकको समृद्धिका लागि खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताउनुभयो ।

मिडियाको क्षेत्रबाट खेलकूदको विकासमा अतुलनीय योगदान पुगेको बताउँदै उहाँले पोखरा र इटहरीलाई खेलकूद नगरीका रुपमा विकास गरिने जानकारी दिनुभयो ।

सो अवसरमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी घोषित भई अमाचे मोटरसाइकल र विगो स्कुटर प्राप्त गरेका छन् ।

यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रा डा वीरेन्द्रसिंह गुरुङ, खेल पर्यटन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका सन्तोष पोख्रेल सम्मानित हुनुभएको छ । उहाँलाई १५ हजार नगद र सामसुङ मोबाइलसहित सम्मानपत्रबाट सम्मान गरिएको खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिनुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -