स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

नुवाकोट गोल्डकपः कास्कीबाट काठमाडाँै पराजित

सेयर गर्नुहोस

नुवाकोट, १८ जेठ : नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को आजको खेलमा कास्की काठमाडौँलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
बट्टारस्थित खेल मैदानमा भएको प्रतिष्पर्धामा कास्की–११ ले काठमाडाँै–११ लाई १–० गोल अन्तरले हराएको हो । कास्कीलाई विजयी गराउन खेलको पहिलो हाफको ४० मिनेटमा हेमन गुरुङले गरेको गोल निर्णायक भएको नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष बुद्धि प्रधानले जानकारी दिनुभयो ।
बिहीबारदेखि शुरु भएर यही जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आजको विजेता कास्कीले यही जेठ २० गते सशस्त्र प्रहरी क्लबसंँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार दिइनेछ ।  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -