स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्री कप क्रिकेट प्रदेश ३ विजयी

सेयर गर्नुहोस

काठमाडौँ, १५ जेठ  : राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश नं ३ विजयी भएको छ ।

समूह बी अन्तर्गत रहेको प्रदेश नं ३ ले प्रदेश ६ लाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमा समेटियो । उसका लागि रवीन्द्र शाही र दिवान पुनले अर्धशतक पार गर्दै ५२ रन जोडे । त्यस्तै टेक सलामीले २६ रन जोडे ।

बलिङतर्फ प्रदेश ३ का किशोर महतो र जितेन्द्र ठकुरीले समान २–२ विकेट लिए । १७९ रनको चुनौती पच्छाएको प्रदेश ३ ले ३७ दशमलव ३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । प्रदेश ३ का लागि रुपेश श्रीवास्तवले ३९, किशोर महतोले २५, आदिल खानले ३१ र इशान पाण्डेले २३ रन जोडे ।

बलिङतर्फ प्रदेश ६ का चन्द्र बिसी एक्लैले छ विकेट लिए । १० ओभर बलिङ गरेका बिसीले १ मेडन राख्दै ४१ रन खर्चिएका थिए । उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -