स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

संस्कृति र कलाको विकास नभई समृद्दि नहुनेः मन्त्री अधिकारी

सेयर गर्नुहोस

काठमाडौँ, ५ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संस्कृति तथा कलाको विकास नभई देशको समग्र विकास नहुने बताउनुभएको छ ।

सांस्कृतिक संस्थान, मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा साहित्य सन्ध्याद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘समृद्धिका लागि साहित्य’ विषयक छलफलमा उहाँले भन्नुभयो, “जुन दिनसम्म साहित्य, कला तथा संस्कृतिको विकास हँदैन, त्यो बेलासम्म देश समृद्ध भएको मान्न सकिँदैन ।”

उहाँले नेपाली जनतालाई सुखी बनाउने मुलभूत उद्देश्य पूरा गर्न सामाजिक न्याय, बेरोजगारलाई रोजगारीको सिर्जना तथा गरिबी अन्त्यका लागि सरकार जुटिरहेको बताउनुभयो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले पुर्खाले हामीलाई छाडेर गएको कला, संस्कृति तथा अद्वितीय धरोहरबाट नै संसारभर नेपाललाई परिचित गराएको बताउँदै कला, संस्कृति तथा संगीतलाई जीवन्त राख्न क्रियाशील हनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले प्रगतिशील आन्दोलनमा जीवनभर योगदान दिएका साहित्यकार तथा कलासाधकहरुको पनि सम्मान हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा मदन भण्डारी कलासाहित्य प्रतिष्ठानका महासचिव डा देवी नेपाल, उपाध्यक्ष डा कृष्णप्रसाद घिमिरे तथा सचिव डा विन्दू शर्माले संयुक्तरुपमा तयार पार्नु भएको ११–बूँदे कार्यपत्र ‘समृद्घिका लागि साहित्य’ प्रस्तुत गरिएको थियो । कार्यपत्रमा साहित्यकारले मानव धर्म तथा विकास र समृद्घिका लागि आफ्नो चेतनालाई प्रयोग गर्न आह्वान गरिएको छ ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले प्रगतिशील कविहरुलाई आफ्ना रचना वाचन गर्न मञ्च प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा कविहरु रामप्रसाद ज्ञवाली, विधान आचार्य, लक्ष्मी माली, अनिता लामा, विना थिङ, रमेश शुभेच्छुक, आर एम डंगोललगायतले कविता वाचन गर्नु भएको थियो । सो अवसरमा नेकपा (एमाले) का तत्कालीन महासचिव स्व मदन भण्डारीको जीवन र योगदानबारेको गीति भिडियो पनि प्रस्तुत गरिएको थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -