स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

सेयर गर्नुहोस

काठमाडौँ, ३० वैशाख:नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

दुईदिने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताको अवधिमा काठमाडौँ महानगरपालिका– २६ का अन्तर्राष्ट्रिय पदक विजेतालाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -