स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

कलाकार टोली बंगलादेश प्रस्थान

सेयर गर्नुहोस

काठमाडौँ, २३ वैशाख : बंगलादेशको राजधानी ढाकामा सोमबारदेखि आयोजना हुने नेपाल कला सप्ताह भाग लिन विभिन्न विधाका नौ जना नेपाली कलाकार आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल ललितकला प्रतिष्ठानकी कुलपति एवं वरिष्ठ कलाकार रागिनी उपाध्यायको नेतृत्व रहेको उक्त कलाकार टोलीमा रमेशध्वज श्रेष्ठ, एसी सुमन, सुष्मा राजभण्डारी, गणेशकुमार जिसी, चन्दा श्रेष्ठ, रञ्जु यादव, मनोज तामाङ र कान्छाकाजी भासिमा हुनुहुन्छ ।

श्रेष्ठ, सुमन र राजभण्डारी ललितकला प्रतिष्ठानका परिषद् सदस्य हुनुहुन्छ भने जिसी र चन्दा श्रेष्ठ प्रतिष्ठानका सभा सदस्य हुनुहुन्छ ।

यसैगरी कलाकार यादवले मिथिला लोककला, तामाङले समसामयिक कला र भासिमाले हस्तकलालाई प्रतिनिधित्व गर्दै बंगलादेश जानुभएको हो ।

बंगलादेशको संस्कृति मन्त्रालय र बंगलादेश शिल्पकला प्रतिष्ठानको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपालको कला र संस्कृति झल्किने गरी कला सप्ताह हुन लागेको प्रतिष्ठानको लोककला विभागका प्रमुख सुमनले बताउनुभयो ।

कला सप्ताहमा जम्मा ५७ जना नेपाली कलाकारको कलाकृति प्रदर्शित हुने तथा उक्त क्रममा आयोजना हुने कला गोष्ठीमा दुवै देशका कलाकार सहभागी हुनेछन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -