स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

रेशममार्गअन्तर्गत बुद्ध र मञ्जुश्रीका चित्रकला

सेयर गर्नुहोस

काठमाडौँ, २१ वैशाख : नेपाल कला परिषद् बबरमहलमा आज चिनियाँ कालकार सी नेङ दाओद्वारा सिर्जित १०० भन्दा बढी चित्रकला प्रदर्शनी गरिएको छ ।

पच्चीस सय ६२आँै बुद्धजयन्तीका अवसरमा आयोजित प्रदर्शनीमा खास गरी गौतमबुद्ध र मञ्जुश्रीका अनेक रुपसँग सम्बन्धित चित्रकला तथा चिनियाँ संस्कृति बढी समेटिएको थियो । नेपाल–चीन रेशममार्ग बौद्धदर्शन सांस्कृतिक आदानप्रदान कार्यक्रम २०१८ अन्तर्गत आयोजित प्रदर्शनीमा बौद्ध दर्शनका अतिरिक्त धर्मसँग सम्बन्धित चित्रकला पनि समाविष्ट थिए ।

प्रदर्शनीको शुभारम्भ गर्दै पूर्वमन्त्री केशवप्रसाद बडालले कला र संस्कृतिसँग सम्बन्धित कार्यक्रमबाट नेपाल चीन सम्बन्धलाई जनस्तरसम्म सुदृढ तुल्याउन योगदान मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वसांसद् मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले चीन नेपालको निकै पुरानो अभिन्न मित्रका रुपमा रहिआएको बताउनुभयो । नेकपा (माले)का महासचिव सिपी मैनालीले कला र संस्कृतिको आदानप्रदान नै नेपाल र चीन सम्बन्धको महत्वपूर्ण आधार हो भन्नुभयो । चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले संस्कृति र कला नै सम्बन्ध विस्तारको आधार हुने धारणा व्यक्त गर्नुभयो ।

बुद्धिष्ट एसोसिएसन अफ चाइनाका कार्यकारी सदस्य एवं कलाकार सीले नेपाली थाङ्कासँग मिल्दाजुल्दा भए पनि सामान्य ढंगबाट सिर्जना गरिएको चित्रकला नेपालमा प्रदर्शनी गर्ने अवसर मिलेकामा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा सहभागी अन्य वक्ताले गौतमबुद्ध, मञ्जुश्री, भृकुटी र अरनिकोले नेपाल–चीन सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै रेशममार्ग नेपाल र चीनबीच सम्बन्धलाई थप सुदृढ तुल्याउने सूत्र भएको धारणा व्यक्त गर्नुभयो । चीनले पछिल्लो समय सडक, रेल र अप्टिकल फाइबरका माध्यमबाट छिमेकी हुँदै विश्वसमुदायसँग सम्बन्ध गाँस्दै अघि बढ्न चाहेकाले उसको विकास र समृद्धिको अभियानलाई साथ दिन आवश्यक रहेकामा वक्ताले जोड दिनुभयो ।(रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -