स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

साफ च्याम्पियनसिप फुटबल

सेयर गर्नुहोस

काठमाडौँ, ५ वैशाख  बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् ।

आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन । पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१३ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -