स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति रनिङ शिल्डको उपाधि सैनिक महाविद्यालयलाई

सेयर गर्नुहोस

भक्तपुर, २८ चैत : १० औँ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्र सैनिक महाआवासीय माध्यामिक विद्यालयले हात पारेको छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरले यही चैत २३ गतेबाट शुरु गरेको प्रतियोगितामा २३ स्वर्ण, १५ रजत र १६ कास्य पदकसहित महाविद्यालयले उपाधि हात पारेको हो । त्यसैगरी जेसिज इङ्लिस स्कूलले छ स्वर्ण, सात रजत र आठ कास्य पदकसहित दोस्रो, प्रज्ञा इङ्लिस स्कूलले तीन स्वर्ण, तीन रजत र एक कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा भलिबलतर्फको उपाधि आदर्श जनप्रेमीको अशोका देवकोटा र छात्रतर्फको उपाधि एजे इङ्लिस स्कूलका सुवास घिमिरेले हात पारेका छन् । त्यस्तै उसुमा छात्रातर्फ मनोरम इङ्लिस स्कूलका सुप्रभा भुजु र छात्रतर्फ प्रज्ञा इङ्लिस स्कूलका सचित थापाले उपाधि हात पारेका छन् ।

करातेमा भने डेमोस इङ्लिस स्कूलका छात्रा शान्त योन्जन र छात्रतर्फ पारागन इङ्लिस स्कूलका डेनिस साँगाछें, तेक्वाण्डोतर्फ अक्सफोर्ड इङ्लिस स्कूलका छात्रा पुजा शाह र छात्रतर्फ सैनिक आवासीय माविका रोशन पुनमगर, कबड्डीतर्फ बागिश्वरी माविका पुजा दुवाल र अन्जु गोसाईले उपाधि हात पारेका छन् ।

कबड्डीमै छात्रतर्फ ख्वप कलेजका अजय मानन्धर र ख्वप्रिङ इङ्लिस स्कूलका शिशिर कस्ती तथा एथलेटिक्समा छात्रतर्फ जेसिस माविका रेस्टिना सितिखु र छात्रातर्फ ख्वप माविका सागर श्रेष्ठले उपाधि हात पारेका छन् । प्रतियोगितामा ख्वपले तीन स्वर्ण, दुई रजत, डेमोसले दुई स्वर्ण, दुई रजत र एक कास्य र क्वालिटी इङ्लिस स्कूलले दुई स्वर्ण, एक रजत र एक कास्य पदक हात पारेको छ ।

कक्षा १२ सम्मका १८ वर्ष मुनिका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा कबड्डी, तेक्वाण्डो, कराते, उसु, भलिबल र एथलेस्टिक खेल सञ्चालन भएको थियो । प्रतियोगितामा कबड्डीतर्फ १४, करातेतर्फ १६०, तेक्वाण्डोतर्फ १७५, उसुतर्फ ७५, भलिबलतर्फ २१, एथलेष्टिकतर्फ ४५० विद्यार्थीको सहभागिता थियो ।

प्रतियोगितामा प्रथम वीरेन्द्र सैनिकलाई रु २५ हजार, दोस्रो जेसिज इङ्लिस स्कूललाई रु १५ हजार र तेस्रो प्रज्ञा इङ्लिस स्कूलले रु १० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी अघिल्लो वर्ष सम्पन्न नवौँ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको विजेता वीरेन्द्र सैनिक महाविद्यालयलाई खेल सामग्री खरिद गर्न नगद रु ५० हजार र दोस्रो हुने भक्तपुर इङ्लिस स्कूल गठ्ठाघरलाई नगद रु २५ हजारसमेत प्रदान गरिएको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विजयी टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्दै विद्यालयले संचालन गरेको खेलले नेपालमा राम्रा खेलाडी जन्मने बताउनुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -