स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

सरकारलाई आर्थिक रुपान्तरण प्रथामिकतामा राख्न आग्रह

सेयर गर्नुहोस

काठमाडौँ, १५ फागुन (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा स्थायित्व र जनताको समृद्धिका लागि वर्तमान सरकारलाई आफूले सहयोग गर्ने बताउनुभएको छ ।

करिब तीन साता लामो भारतको भ्रमणपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा अध्यक्ष राणाले सरकारको सफलताको कामना गर्दै सामाजिक र आर्थिक रुपान्तरणका कार्यलाई सरकारले प्रथामिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

भारत भ्रमणका क्रममा स्वास्थ्य उपचारका साथै महत्वपूर्ण नेताहरुसँग भएको छलफलमा नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई जनस्तरमा कायम गरी द्विपक्षीय हितमा दीर्घकालीन योजना सञ्चालन गर्न अध्यक्ष राणाले आग्रह गरेको जानकारी दिनुभयो ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनयरसँग समेत भेट भएको बताउँदै उहाँले नेपालमा अहिले स्थिर सरकार निर्माण भएको हुँदा लगानीका लागि उचित वातावरण रहेकाले त्यसतर्फ ध्यानाकर्षण गरेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -