स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

सेयर गर्नुहोस

काठमाडौँ, ८ फागुन (रासस) : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गर्नुभएको छ ।

खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा आज भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा उपमन्त्री झाउले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकताबारे राख्नुभएको जिज्ञासामा अध्यक्ष दाहालले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि दुबै पार्टी एकताको निर्णयमा पुगेको बताउनुभएको उहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष दाहालले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यकासाथ शुरु भएको यस एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्नेमा जोड दिनुभएको बताइएको छ ।

चिनियाँ उपमन्त्री झाउले दुई पार्टीबीचको एकीकरणमा स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्नेसक्ने बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारका तर्फबाट चीन सरकारसँग यसअघि भएका सहमति तथा सम्झौता व्यवहारमा रुपान्तरित हुने विश्वास व्यक्त गदै उहाँले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा पनि सहयोगका क्षेत्र विस्तार गर्दै जाने चिनियाँ उपमन्त्री झाउले बताउनुभएको थियो ।

उहाँले अध्यक्ष दाहालाई चिनियाँ राष्ट्रपतिले लेख्नुभएको पुस्तक ‘द’ गभर्नेन्स अफ चाइना– २’ हस्तान्तरण गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -