स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

नेपालले पायो ११५ रनको लक्ष्य

सेयर गर्नुहोस

काठमाडौँ, २८ माघ : आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले आज टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो ।

ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले १५ ओभरमा चार विकेट गुमाउँदै ६० रन बनाएको छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -