स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

नेपालले पायो १३९ रनको लक्ष्य

सेयर गर्नुहोस

काठमाडौँ, २५ माघ (रासस) : आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो ।

नामिबियाका लागि क्रेग विलियम्सले ४१ रन तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२÷२२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले चार, सोमपाल कामीले तीन तथा सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले एक÷एक विकेट लिए ।

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -