स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

नेपालको चुनौती समाप्त

सेयर गर्नुहोस

काठमाडौँ, २४ माघ (रासस) : नेपाल आइटीएफ जुनियर अठार वर्षमुनि (यु–१८) टेनिस प्रतियोगिताको सर्किट–१ मा नेपालको चुनौती आज समाप्त भएको छ ।

सिंगल्स र डबल्स दुवै स्पर्धामा पराजित भएपछि नेपाली खेलाडीको चुनौती समाप्त भएको हो । पुरुष एकलमा भारतका जैशविन सिडानाले नेपालका प्रणव खनाललाई ६–३ र ६–० सेटले पराजित गरे ।

भारतका वंश भग्तानीले लाओसका फाथिकोन कन्याफनलाई ६–२ र ६–१, भारतका प्रशन्न प्रवीण बगाडेले थाइल्यान्डका तानापात निरुन्डोर्नलाई ६–४ र ६–२, जापानका ताइयो हिरानोले भारतका रिसभ अग्रवाललाई ६–० र ६–१ ले पाखा लगाए ।

त्यसैगरी ताइपेईका चिया फान साउले चीनका ग्वाङसेन वेनलाई ६–४ र ६–१, जापानका ताइसेई कागेयामाले चीनका ग्वाङलिन वेनलाई ६–१, २–६ र ६–१, भारतका अनुराग अग्रवालले ताइपेईका काइ सियाङ याङलाई ३–६, ७–५ र २–० (रिटायर्ड हर्ट) तथा भारतका निइथाउलिन काल्भिन गोमेइले पाकिस्तानका मुहम्मद नौमन अफ्ताबलाई ६–२ र ६–२ को सेटमा पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरे ।

यता महिला एकलमा चीनकी यिमिङ दाङले नेपालकी माहिका राणालाई ६–० र ६–२ ले पराजित गरिन् भने हङकङकी चुई केइ लिउङले नेपालकी इरा रावतलाई ६–३ र ६–० तथा भारतकी श्रीनिधि श्रीधरले नेपालकी एनी माथेमालाई ७–६ र ६–३ पराजित गरिन् ।

जापानकी कानोन यासुमोतोले फिलिपिन्सकीमा कार्मेनसिता इसाबेला कार्लोसलाई ६–१ र ६–४, जापानकी मनामी उकिताले भारतकी स्मृति भासिनलाई ६–१ र ६–३, अमेरिकाकी रुतुजा छप्हल्करले नेपालकी प्रेरणा कोइरालालाई ६–२ र ६–३, भारतकी प्रिंकल सिंहले भारतकी साना खन्नालाई ६–२ र ७–६ तथा भारतकी दिव्या भानीले भारतकै अर्चिता महल्वाललाई ६–२ र ६–१ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष डबल्समा भारतका वंश र जैशविनको जोडीले लाओसका फाथिकोन र थाइल्यान्डका तानापातको जोडीलाई जापानका ताइयो र ताईपेईका चियाको जोडीले भारतका भूपेन्द्र दाहिया र कृषशन गुडाको जोडीलाई पराजित गरिन् भने जापानका दाइसुके इनागावा र कागेयामाको जोडीले भारतका तरुष बगाई र रोहन श्रीवास्ताको जोडीलाई पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

महिला डबल्समा भारतका अस्प्रित कौर वाज्वा र पुन्यातोया मोहापात्रको जोडीले नेपालका मायाङ्का राणा र माहिका राणाको जोडीलाई पराजित गरे भने हङकङकी लिउङ र भारतकी सान्या सिंहको जोडीले अमेरिकाकी रुतुजा र नेपालकी प्रेरणाको जोडीलाई, भारतका स्मृति र रुदया शाहको जोडीले नेपालकी प्रकृति श्रेष्ठ र भारतकी श्रीनिधिको जोडीलाई तथा जापानका आयुमी हामा र कानोनको जोडीले चीनकी यिमिङ र क्विनयु लिउको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगे ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -