स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

साउथ सुडान जाने एपिएफ टोलीको बिदाइ

सेयर गर्नुहोस

काठमाडौँ, १५ माघ: संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु)का रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको १८१ सदस्यीय एपिएफ टोलीको बिदाइ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सो टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।

महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको बर्दीमा नेपालको प्रतिनिधिका रुपमा शान्ति स्थापनार्थ परदेश सेवामा रहँदा संयुक्त राष्ट्रसंघको म्यान्डेट र प्राप्त कार्यादेशबमोजिमको जिम्मेवारीलाई पूरा गर्ने सिलसिलामा अनुशासित एवं बफादार भई व्यावसायिक कार्यकुशलताको उत्कृष्ट नमूना प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिशंकर बुढाथोकीको कमाण्डमा एकवर्षे कार्यकालका लागि अनमिस मिसन साउथ सुडानमा खटिएको सो टोलीमा अधिकृत, बिल्लादार तथा जवान गरी कूल १८१ जना रहेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, नारायणबाबु थापा र रामशरण पौडेललगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतको उपस्थिति थियो ।  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -