स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

बिहानै सडक किनारामा अन्डा बेच्न बसिरहेका वृद्धको पिडा

सेयर गर्नुहोस

गोबिन्द भुसाल-
काठमाडौँ,  १४ माघ (दटाइम्स अफ नेपाल डटकम): चिसो मौसम एका बिहानै सडक किनारामा अन्डा बेच्न बसिरहेका एक गरिब वृद्धमाथी मेरो नजर पर्यो, उनी बिरामि जस्तो देखिन्थे त्यतिकैमा एकजना मेडम आफ्नो कारबाट ओर्लेर ती वृद्ध अन्डा बिक्रेतालाई सोधिन – तपाइले अन्डा कसरी बेच्नु भएको छ ?
अन्डा बिक्रेताले जवाफ दिए रु-५ प्रती अन्डा मेडम !
मेडमले बिक्रेतासङ्ग भनिन म रु ,२५ मा ६ वटा अन्डा लैजान्छु दिने हो ? नत्र म आफ्नो बाटो लाग्छु ।
बिक्रेताले जवाफ दिय आउनुस मेडम तपाइकै मुल्यमा लैजानुस हुन सक्छ यो मेरो राम्रो सुरुवात हुनसक्छ किनकी आजपनी मेरो अन्डा बिक्री हुन सकेन !

ती मेडमले रु.२५ मा ६ ओटा अन्डा लिएर आफ्नो महँगो कारमा त्याहाबाट हुइकिइन । बाटोमा जाँदै गर्दा उनलाइ मनमनै लागिरहेको थियो कि मैले जिते ! त्यसपछी ति मेडम आफ्नो साथिहरुसङ्ग एउटा VIP रेस्टुरेन्टमा खाना खान लागिन त्यहा उनी लगायत उनका सबै साथिहरुले आ-आफ्नो मनपर्ने खाना मगाय र आधा खाय र नमिठो रहेछ भन्दै आधा छोडेर बिल मगाय ,बिल थियो रु.१४०० मेडमले रेस्टुरेन्ट मालिकलाइ रु.१५०० दिदै चेन्ज राख्न (फिर्ता आउने एक सय रुपैयाँ तपाईं नै राख्नुस ) भनिन, र अर्कोपटक आउदा खाना अलि टेस्टी बनाउने सुझाव दिदै बाटो लागिन ।

यो घटना ती मेडम र रेस्टुरेन्ट मालिकलाइ सामान्य लाग्न सक्छ तर बाटोमा अन्डा बेचिरहेका ती वृद्ध ब्यक्तिको लागि निकै पिडादायी हो ।

#बुझ्नुपर्ने_यहाँ //
आफुलाइ आवस्यक पर्ने सामान किन्दा हामी सधै फुटपाथमा सामान बेच्दै गुजारा गरिरहेका गरिबहरुमाथि किन आफ्नो शक्ति प्रदर्सन गर्दछौ ? किन हामिलाइ लाग्छ कि उनिहरु भन्दा हामी निकै बलिया छौ ?
त्यही तारे होटलहरु,ठुला मलहरु,डिस्को,बारहरुमा किन सधै उदार बन्छौ ? जस्लाइ उदारताको आवस्यकता नै छैन उनिहरुलाइ भन्दा जहाँ आवस्यक छ उनिहरुप्रती किन उदार बन्न सक्दैनौ ? सोच बदल्नु जरुरी छ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
शाभार- Panth Sonu फेसबूक बाट—-

द टाइम्स अफ नेपाल डटकम (thetimesofnepal.com)
(नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय,सूचना विभाग
दर्ता नं. ६०/०७३–०७) दर्ता भई सञ्चालित
अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

नोट: कृपया हाम्रो फेसबुक पेज Like र Share गर्नु होला नभुल्नु होला ।(thetimesofnepal.com)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -