स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

विभागीय टोलीकै वर्चस्व

सेयर गर्नुहोस

पोखरा, २१ पुस : पोखरा रंगशालामा सञ्चालन भइरहेको राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिलातर्फ एपिएफ र नेपाली सेनाकोे समूह फाइनलमा प्रवेश गरेका छन् ।

आज भएको महिलातर्पmको पहिलो सेमिफाइनलमा एपिएफले पूर्वाञ्चललाई पाँचको विरुद्ध ३२ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई छका विरुद्ध ३८ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।

यस्तै पुरुषतर्पm भएको पहिलो सेमिफाइनल खेलमा नेपाली सेनाले एपिएफलाई २२ का विरुद्ध २३ र दोस्रो सेमिफाइनल खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई १७ का विरुद्ध ३७ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै पुरुषतर्फ पश्चिमाञ्चल र नेपाली सेना फाइनलमा प्रवेश गरेका छन् । शनिबार महिलातर्पm एपिएफ र नेपाली सेना तथा पुरुषतर्पm पश्चिमाञ्चल र नेपाली सेनाबीच फाइनल खेल हुनेछ ।

नेपाल ह्याण्डबल संघको र कास्की जिल्ला ह्याण्डबल संघको आयोजना तथा हङकङ ब्युटी इन्स्टिच्यूट प्रालिको प्रायोजनमा सञ्चालन भएको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमले क्रमशः रु ३०, २० र १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -