स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

मिर्गौला रोगपीडित पत्रकारलाई सहयोग

सेयर गर्नुहोस

भद्रपुर, २१ पुस : झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गाैला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत हुनुहुन्छ ।

पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाहअनुसार यतिबेला सोही प्रक्रियामा जुटिरहेको र यसका लागि उहाँलाई आर्थिक समस्या रहेको परिवारजनले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि पत्रकार महासंघ झापा शाखा र यहाँ क्रियाशील पत्रकार पकुवालको उपचारमा सहयोग संकलनमा जुटेका छन् ।

सोही सन्दर्भमा कन्काई विकास बैंकले पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार सहयोग गरेको शाखाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -