स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

दुईसय चारजना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

सेयर गर्नुहोस

सप्तरी, २१ पुस : नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ ।

परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २०४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् ।

उहाँका अनुसार यस्ता परीक्षण परिवार नियोजनका लागि राजविराजस्थित कार्यालयमा समेत र संघको जिल्लास्थित अन्य स्थानमा रहेको शाखामा २५ जना महिला समूह बनेपछि एकैपटक परीक्षण भइरहेको जानकारी दिइएको छ ।

यस परीक्षणले पाठेघरमा क्यान्सर लागेको वा नलागेको कुरा पत्ता लगाई क्यान्सरको लक्षण देखा परेमा पीडितलाई परिवार नियोजनको धरान र इटहरी शाखामा पठाइने गरेको संघले जनाएको छ ।

संघले निःशुल्क परिवार नियोजनका अस्थायी साधन एवं निःशुल्क प्रजनन स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र सुरक्षित गर्भपतन सेवालगायतका अन्य सेवा दिँदै आइरहेको छ ।(रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -