स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त

सेयर गर्नुहोस

हुम्ला, २० पुस :सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको छ ।

दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७÷८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।

निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै उक्त कार्यालयबाट डा नवीन रोकायासमेत पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा गएको छ । हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।(रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -