स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

सीताराम कट्टेलले दलित बस्ती र अनाथाश्रममा कम्बल वितरण

सेयर गर्नुहोस

महेन्द्रनगर, धनुषा, २० पुस (रासस) : हास्य कलाकार सीताराम कट्टेलले शीतलहरको कहर चलेको बेला चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित बस्तीका समुदाय र अनाथालयका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

जनकपुर उपमहानगरपालिका–१ स्थित धर्मवान टोलको दलित बस्ती र जनकपुरको कविर अनाथ बालआश्रममा कम्बल वितरण गरिएको हो । चिसोसँगै चलेको शीतलहरले कठ्यांग्रिन बाध्य धर्मवान टोलका ८० घरपरिवारलाई बुधबार धुर्मुसले कम्बल घरघरमा पुगेर वितरण गर्नुभयो ।

उक्त बस्ती गत असार महिनामा आएको बाढीले डुबानमा परेर दर्जनौँ घरपरिवार विस्थापित हुनुपरेको थियो । त्यति बेला पनि धुर्मुस सुन्तली फाउण्डेशनबाट बाढी प्रभावित त्यस बस्तीका परिवारलाई खाद्यान्न त्रिपाललगायत सामग्री वितरण गरिएको थियो ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका–८ स्थित कविर अनाथ बाल आश्रमका १० बालबालिकाका लागि २० वटा कम्बल उहाँले आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई हस्तान्तरण गर्नुभयो ।

धुर्मुसले हालसम्म बारा, रौतहट र धनुषाका विभिन्न दलित बस्तीका सयौँ घरपरिवारलाई एक हजार ५०० कम्बल वितरण गरिसकिएको जानकारी दिनुभयो

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -