स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

वाम गठबन्धनलाई पाँच वर्षका लागि जनादेश : विष्ट

सेयर गर्नुहोस

काठमाडौँ, १९ पुस : नेकपा (एमाले) का सचिव गोकर्णराज विष्टले निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्षका लागि मुलुकको नेतृत्व गर्न जनादेश दिएको बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघको ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सचिव विष्टले एमाले र नेकपा (माओवादी केन्द्र) बीच बलियो एकता गरी पाँच वर्षभित्र १५ वर्षमा गर्न नसकिने विकासका काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – “यो अवधिमा गठबन्धनले मुलुकमा विकास र समृद्धिका काम गरेर जनताको विश्वास जित्नेछ, यसको नेतृत्व एमालेले गर्नेछ ।”

महासंघका अध्यक्ष खगेन्द्र राईले जनवादी साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि वाम गठबन्धनको सरकारले काम गर्नुपर्ने बताउनुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -