स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

विराटनगर राजधानी हुनुपर्ने माग

सेयर गर्नुहोस

विराटनगर, १७ पुस : प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ ।

समाजले मोरङका प्रजिअ रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश नं १ को राजधानीका लागि विराटनगर राजनीतिक, ऐतिहासिक, सामाजिक र आर्थिक रुपमा अग्रस्थानमा रहेको समाजले जनाएको छ । आफ्ना मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ आचार्यले बोधार्थ प्रधानमन्त्रीलाई तत्काल पठाइने बताउनुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -