स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

सिरहा फुटबल संघको अध्यक्षमा साह

सेयर गर्नुहोस

लहान, १७ पुस : सिरहा फुटबल संघको अध्यक्षमा अरुणकुमार साहलाई चयन गरिएको छ ।

जिल्ला फुटबल संघको आज मिर्चैयामा सम्पन्न पाँचौँ साधारणसभाले साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा शम्भू चौधरी, नागेश्वर यादव र नवीनकुमार यादव, महासचिवमा प्रवीणकुमार यादव र कोषाध्यक्षमा सुमनकुमार श्रेष्ठलाई चयन गरिएको छ ।

समितिको सदस्यमा सरिता पौडेल, श्यामसुन्दर सिंह, राजिपकुमार यादव, दिनेश श्रेष्ठ, अञ्जली राई, हरिप्रसाद साह, साँझकुमार आले मगर, गणेश यादवलगायतलाई चयन गरेको संघले जनाएको छ । सिरहा फुटबल संघमा ३६ वटा क्लब आवद्ध छन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -