स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

राखेप च्याम्पियनसिप :नेपाल प्रहरी र सुदूरपश्चिम विजयी

सेयर गर्नुहोस

काठमाडौँ, १६ पुस : राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा नेपाल प्रहरी क्लबले मध्यमाञ्चल विकास क्षेत्रलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा प्रहरीले मध्यमाञ्चललाई ६–२ गोलअन्तरले पराजित गरेको हो ।

प्रहरीको जितमा निर्मला विकले चार गोल गरिन् । उनले खेलको ११, १३, ३६ र ४९औँ मिनेटमा गोल गरेकी हुन् । त्यसैगरी अमृता जैसीले १९औँ तथा घिमकुमारी घलेले खेलको ७२आँै मिनेटमा गोल गरिन् ।

मध्यमाञ्चलका लागि सविता रानामगर र मिथिला कुसवारले क्रमशः २६ र ७९औँ मिनेटमा गोल गरेका थिए ।

सोही मैदानमा आजै भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चल विकास क्षेत्रको महिला टोलीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

सुदूरपश्चिमाञ्चलका लागि चन्द्रा भण्डारी र सिरसा कार्कीले दुई÷दुई गोल गरे । भण्डारीले खेलको ९ र ३७औँ मिनेटमा तथा कार्कीले ८२ र ८९औँ मिनेटमा गोल गरेका थिए ।

आजदेखि शुरु भएको उक्त च्याम्पियनसिपको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसीले गर्नुभएको थियो । सोमबार त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र तथा सशस्त्र प्रहरी बल (एपिएफ) र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बीच हुनेछ । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -