स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

अधिकांश राजनीतिक–सामाजिक व्यक्तित्व त्रिविकै उत्पादनः प्रधानमन्त्री

सेयर गर्नुहोस

ललितपुर, १६ पुस : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय रहेको छ ।”

मुलुकको कला, संस्कृति र परम्पराको संरक्षण गर्न तथा ज्ञान विज्ञान र प्रविधिका क्षेत्रमा समसामयिक अध्ययन अनुसन्धानमा त्रिविबाट निकै ठूलो काम भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकको राजनीति र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश राजनीतिक–सामाजिक एवं प्रशासनिक व्यक्तित्व यसै विश्वविद्यालयका उत्पादन हुन् ।”

प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा देखिएको असमानता हटाई समतामूलक र सबै वर्ग समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ बनाउन राज्यले पहल गरिरहेको बताउँदै उहाँले विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणीत गर्नेतर्फ आवश्यक ध्यान दिन निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउन विश्वबजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएकाले त्यसका लागि सामूहिक प्रयत्नको थालनी त्रिविबाटै होस् भन्नुभयो ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री श्रेष्ठले विश्व विद्यालयको उन्नति, विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने सो अवसरमा प्रतिबद्धता जनाउनुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -