स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

रुकुममा पखालाको प्रकोप

सेयर गर्नुहोस

रुकुम, १४ पुस : रुकुम पश्चिममा पखालाको प्रकोप देखिएको छ । जिल्लाका विभिन्न ठाउँमा दैनिक बिरामी बढिरहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । हिजो बिहीबारसम्म जिल्ला अस्पताल सल्लेमा मात्र २५ जना पखालाका बिरामीले नियमित उपचार गराइरहेका छन् ।

जिल्लामा अहिले दुई वर्षमुनिका बालबालिकामा पखालाले संक्रमण गरेको जिल्ला अस्पताल सल्लेका डा यज्ञप्रसाद विसीले जानकारी दिनुभयो । पखालाका कारण अहिलेसम्म कसैको मृत्यु भने भएको छैन । अहिले देखापरेको पखाला नसर्ने भएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पताल र अन्य गाउँमा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुन थालेको छ । अहिले बिरामीले सरकारी स्वास्थ्य संस्थामा औषधि पाउन छोडेपछि निजी औषधि पसलबाट चर्काे मूल्यमा औषधि किन्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा बिरामीको चाप निकै बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -