स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

निःशुल्क पाठेघर तथा स्तन परीक्षण

सेयर गर्नुहोस

फलेवास, पर्वत, ९ पुस : पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ ।

चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण गरिएको हो ।

स्थानीय सामाजिक संस्था सिसेफ नेपाल पर्वतको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा उपचार गर्नका लागि सदरमुकाम कुश्माबजारका साथै गाउँगाउँदेखि महिला आएका थिए ।

आर्थिक अभावका कारण लामो समयसम्म रोग बल्झाएर राखेका महिलाको पनि शिविरमा उपचार गरिएको क्लबका संस्थापक टंक लामिछानेले जानकारी दिनुभयो ।

सो अवसरमा पाठेघरमा मासु पलाएका, पाठेघरको क्यान्सर भएका तथा स्तनमा गाठागुठी, स्तन क्यान्सरको लक्षण देखिएका बिरामी भेटिएका थिए ।

उनीहरूलाई आवश्यक सल्लाहसहित औषधिसमेत वितरण गरिएको थियो । यसअघि उक्त शिविरको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरीले उद्घाटन गर्नुभएको थियो । शिविर उद्घाटन गर्दै सांसद गिरीले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने बताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने धारणा राख्नुभयो ।

उक्त शिविर सञ्चालनका लागि स्थानीय लायन्स क्लबले समेत साझेदारी गरेका थिए । सो अवसरमा सहभागीले यस्ता संवेदनशील शिविर सदमरुकाममा मात्र नभई गाउँगाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -