स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

कञ्चनपुर खुला दिसामुक्त

सेयर गर्नुहोस

भीमदत्तनगर, ८ पुस : कञ्चनपुर मुलुकको ४४ औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गर्दै अभियानलाई पूर्ण संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अभियानमा सहयोग गर्ने विभिन्न संघ÷संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । कञ्चनपुरमा ८२ हजारभन्दा बढी शौचालय निर्माण भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भीमदत्तनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले जानकारी दिनुभयो । प्रदेश नं ७ मा दार्चुला र कैलाली जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -