स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

वैद्यनाथ कंका ७ प्रकारका औषधि बिक्री गर्न रोक

सेयर गर्नुहोस

काठमाडौँ, ७ पुस (रासस) : औषधि व्यवस्था विभागले भारतको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्रीवितरण गर्न रोक लगाएको छ ।

विभागको अनुगमन टोलीले आफूले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्रीवितरण रोकी बजारबाट तुरुन्त निर्देशन दिएको हो । विभागका आयुर्वेद शाखा प्रमुख डा प्रकाश ज्ञवालीले ती औषधि हटाउनका लागि औषधिका आयातकर्ता र तिनका आधिकारिक प्रतिनिधिका नाममा सूचना निकाली जानकारी गराइएको बताउनुभयो ।

विभागले यही मंसिर ५ गते प्रालिका औषधि ऐन २०३५ को दफा १४ बमोजिम सूचना जारी गरेको हो । प्रालिका उत्पादन व्रजाक्षर चूर्ण ३० ग्राम, सारस्वत चूर्ण, अभिपत्तिकर चूर्ण, लवणभाष्कर चूर्ण ६० ग्राम, सितोपलादी चूर्ण ६० ग्राम, पञ्चष्कर चूर्ण ६० ग्राम र पुश्यानुग चूर्ण (केशरयुक्तन्यून गुणस्तरका पाइएका हुन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -