स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

उपचारका लागि चिकित्सकद्वारा अक्षयकोष स्थापना

सेयर गर्नुहोस

मंगलबारे, इलाम ६ पुस : माईभगवती वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको औषधोपचारमा सहयोग गर्ने उदेश्यले ट्रस्ट स्थापना गरिएको छ । विगतका दिनमा इलाम बसेर सेवारत चिकित्सकद्वय हिमाल दाहाल र आशा कार्कीले आफ्नो आमा चेतकुमारी दाहालको स्मृतिमा चेतकुमारी दाहाल मेमोरियल ट्रस्टको स्थापना गर्नुभएको हो ।

आशा कार्कीको संयोजकत्वमा ट्रस्ट सञ्चालन समितिसमेत गठन भएको छ । संरक्षक संस्था महिला जागरण संघ इलाममा आयोजित कार्यक्रममा उपस्थित भएर डाक्टरद्वय दाहाल र कार्कीले वृद्धाश्रमका कोषाध्यक्ष कोमलकुमार निरौलालाई ट्रस्टमा कोष जम्मा गर्न रु दुई लाखको चेक हस्तान्तरण गर्नुभयो । सो सँगै डाक्टर दम्पतीले यस वर्ष वृद्धवृद्धाका लागि नगद पाँच हजारसमेत निरौलालााई हस्तान्तरण गर्नुभयो । दाताहरुको इच्छाबमोजिम नै सो रकम मुद्दति खातामा राखी प्राप्त ब्याजले आश्रममा आश्रित वृद्धवृद्धाको उपचारका लागि रकम खर्च गरिने निरौलाले बताउनुभयो ।
डाक्टर दम्पतीले ग्रिन भ्याली एकेडेमी स्कुलमा पनि आफ्नो छोरी आर्या दाहालको स्मृतिमा विगत ५ वर्षदेखि यस्तै कोष स्थापना गरी एलकेजीमा प्रथम हुने छात्रछात्रालाई पुरस्कृत गर्दै आउनुभएको छ । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -