स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

समाचार स्रोतका रुपमा महिला सहभागिता न्युन

सेयर गर्नुहोस

काठमाडौँ, २८ मंसिर : महिलालाई समाचार स्रोतको रुपमा न्युन प्रयोग गरेकाले यसलाई बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

फ्रिडम फोरमले  आयोजना गरेको ‘छापा माध्यममा महिला उपस्थिति’ विषयक अन्तरक्रियामा नेपाली सञ्चारमाध्यममा महिला उपस्थिति पनि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा सूचना विभागका निर्देशक सुमन बर्जाचार्यले सरकारी निकायमा ३३ प्रतिशत महिला अनिवार्य गरेजस्तै सञ्चारमाध्यममा पनि यस्तै नीति अबलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पछिल्ला समस्यामा पत्रकार महिलामात्र होइन, सञ्चार उद्योगीका रुपमा पनि महिलाको उपस्थिति सकारात्मक भएको बताउनुभयो ।

सरकारी कार्यालयले पनि सूचना अधिकारीका रुपमा अनिवार्य महिलालाई राख्ने हो भने समाचारस्रोतका रुपमा महिला उपस्थिति बढ्ने उहाँले धारणा राख्नुभयो ।

फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले पत्रकारितामा महिलाको पलायन रोक्न सञ्चारमाध्यमले पनि सकारात्मक भूमिका खेल्नुपर्छ भन्नुभयो ।
नागरिक दैनिकका पत्रकार भाषा शर्माले काम गर्ने क्षमताका आधारमा महिला कुनै पनि हालतमा पुरुषभन्दा कम नभएको भन्दै महिलालाई स्रोतका रुपमा उल्लेख गर्दा सम्र्पक हुनै गाह्रो हुने बताउनुभयो ।

फोरमले गत जनवरीदेखि नोभेम्बर महिनासम्म नेपालका प्रमुख दैनिक पत्रिकामा गरेको अनुगमनमा ९.२५ प्रतिशत समाचारमा मात्र महिला स्रोत उल्लेख भएको देखाएको छ भने ५ दशमलब ३२ प्रतिशत समाचारमा महिला पत्रकारको वाइलाइन उल्लेख भएको थियो । अनुगमनका क्रममा पुरुष स्रोतका रुपमा ५३ दशमलब ०१ प्रतिशत प्रयोग भएको पाइयो ।(रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -