स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

जापानद्वारा नेत्र उपकरण सहयोग

सेयर गर्नुहोस

काठमाडौँ, २५ मंसिर : जापान सरकारले काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र (रेक्स)लाई आँखाजाँचसम्बन्धी विभिन्न उपकरण खरिद गर्न करिब रु ४६ लाख अनुदान दिने भएको छ ।

सो अनुदानसम्बन्धी सम्झौतामा आज जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र रेक्सका अध्यक्ष बलप्रसाद शाहीले हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार उक्त अनुदानबाट माइस्क्रोकोप, स्लिट ल्याम्प, रेभटिनोष्कोपलगायत अत्याधुनिक उपकरण खरिद गरी केन्द्रबाट गोकर्णेश्वर नगरपालिलगायत साँखु नाङ्लेभारेका बासिन्दालाई आँखा जाँचसम्न्धी सेवा उपलब्ध गराइनेछ ।

पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहयोग सानो भए पनि ग्रामीण जनताको स्वास्थ्यसँग जोडिएको र साँकेतिक महत्वको रहेको बताउँदै भोजपुरका प्रत्येक विद्यालयमा डिजिटल लर्निङ सेन्टर खोलिने जानकारी दिनुभयो ।
जापानी राजदूत ओगावाले सन् १९८६ मा जापानी नर्स मासाको यामाने र एक जापानी संस्था जापान नेपाल मानव विकास संघको सहयोगमा स्थापित रेक्सले गोकर्णेश्वर वरपरका जनतालाई सेवा पु¥याइरहेकाले उपकरण सहयोग गरिएको बताउँदै सो सहयोगले विभिन्न स्थानमा नेत्र शिविर सञ्चालन गरी सेवा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका संरक्षक पूर्व नर्स मासाकोले आफूले नेपालमा कार्यरत जापानी डा इतारो प्रोजिनको प्रेरणामा नेपाल आई संस्था स्थापना गरेको र यसबाट ग्रामीण भेगका जनतालाई सहयोग पुगेको जानकारी दिनुभयो ।

रेक्सका अध्यक्ष शाहीले गोकर्ण, साँखुलगायत ग्रामीण क्षेत्रका असहायलाई विभिन्न स्वास्थ्य सेवा पु¥याइरहेको संस्थालाई उपकरण सहयोग गरकोमा जापानी राजदूत र सहयोग प्रस्ताव अघि बढाउने भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्जे शेर्पालगायतलाई धन्यवाद दिनुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -